![](https://globalkhabars.com/wp-content/uploads/2022/05/280518003_5117005778414381_6061847549288359876_n.jpg)
स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
वालिङ १४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको ग २ च ३०२६ नम्बरको जीप पर्वत जोड्ने सडकबाट झरेको हो । जीपमा ३२ जना यात्रु रहेका प्रहरीले जनाएको छ ।
![](https://globalkhabars.com/wp-content/uploads/2024/02/Chhar-Nepal-Construction-Pvt.-Ltd.-247x300.jpg)
![](https://globalkhabars.com/wp-content/uploads/2024/07/MAHABHARAT-GAUPALIKA-BIPAT-240x300.jpg)
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयो । उनीहरुको गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लगिएको छ । अहिले अन्य घाइतेहरुको उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ ।