काभ्रे । काभ्रे पलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नं १ सापिङमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।

वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट लेखनाथ श्रेष्ठ विजयी भएका हुन्। उनले ९ सय ९४ मत प्राप्त गर्दै उनका प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार छत्र बहादुर श्रेष्‍ठलाई पराजित गरेका हुन्। श्रेष्ठ ४ सय ५० मत अन्तरले विजयी भएका छन्। एमालेका छत्रबहादुर श्रेष्ठले भने ५ सय ४४ मतप्राप्त गरेको निर्वाचन अधिकृत रुद्र कोइरालाले जानकारी दिए। हालसम्म १ हजार ७२२ मत गणना हुंदा गठबन्धनबाट पालिका अध्यक्षले.८४७ र उपाध्यक्षले .८२२ मत प्राप्त गरेका छन् भने एमालेबाट अध्यक्षले.६५९ र उपाध्यक्षले .५३४ मत प्राप्त गरेका छन् ।

यसैगरी, महाभारत–१ मा माओवादी केन्द्रका कान्छामान जिम्वा निर्वाचित भएका छन्। जिम्वाले ७ सय २०, कांग्रेसका ताराबहादुर रानामगरले ३ सय २१ र एमालेका सुविदार श्रेष्ठले २२ मत प्राप्त गरेका छन्।

काभ्रेका १३ मध्ये १२ स्थानमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। पाँचखाल नगरपालिका १३ मा भने जेठ ३ गते मतदान हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय