महाभारत, काभ्रे । महाभारत गाउँपालिकामा ४ वटा वडाको मत गणना सकिएको छ । महाभारत गाउँपालिकाको वडा नं. १ बाट मतगणना सुरु गरिएको थियो । महाभारतमा कूल १२ हजार २४० मतदातामध्ये ९ हजार २७६ मत खसेको थियो ।

महाभारत गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार कान्छालाल जिम्बाले हाल सम्म २३३९ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर वाईबाले १४५३ मत ल्याएका छन् । प्राप्त परिणाम अनुसार जिम्बा ८८६ मतको अग्रता रहेको छ ।

नेपाली कांग्रेसका उपाध्यक्ष उम्मेदवार सागर मोक्तानले २१३६ मत ल्याएका छन् । एमालेका उपाध्यक्ष उम्मेदवार शान्ति तितुङ राना मगरले ५२८ ल्याएका छन् ।

नेकपा माओवादी केन्द्रबाट वडा नं. १ को वडाअध्यक्षमा कान्छामान जिम्बा (रोहित) ले ७२० मत प्राप्त भइ विजयी भएको छ । वडा नं. २ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट पदम बहादुर मोक्तानले ५५१ मत प्राप्त भई विजयी भएको हो । वडा नं. ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट कार्साङ लामा ५९४ मत प्राप्त गरि विजयी भएको छ । त्यसैगरी वडा नं. ४ को वडा अध्यक्षमा विशाल मोक्तान ३७१ मत प्राप्त गरि विजयी भएको छ । बाँकी ४ वटा वडाको मत गणना भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय