काभ्रे । भुम्लु गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेका छन् ।

अध्यक्षमा नेकपा माओवादीका प्रेम भुजेल (बृहत)ले नेकपा एमालेका प्रेम लामा भन्दा १ हजार २२४ मत बढी ल्याएर पालिका अध्यक्ष बनेका हुन् । माओवादीका भुजेलले ५ हजार ७९२ मत र एमालेका लामाले ४ हजार ५६८ मत ल्याएका थिए ।

गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका जितेन्द्रमान तामाङ (दावा लामा)ले नेकपा एमालेका उम्मेदवार कल्पना श्रेष्ठले भन्दा २ हजार ६९ मत बढी मत ल्याएर उपाध्यक्षमा विजयी भएका छन् । काँग्रेसका लामाले ६ हजार ९८ मत र एमालेका श्रेष्ठले ४ हजार २९ मत ल्याएका थिए । उक्त गाउँपालिकामा दश वटा मध्ये नेकपा एमालेले ५ वडा, नेपाली काँग्रेसले ३ वडा, माओवादीले १ वडा र र नेकपा एकिकृत समाजवादिले १ वडामा जित हाशिल गरेका छन् ।

एमालेबाट क्रमशः वडा नं ३ मा ज्ञान बहादुर तामाङ, वडा नं ४ मा लोक बहादुर कुंवर र वडा नं ६ मा भरत बहादुर शिवभक्ति, वडा नं ७ मा रमेश राज खरेल र केशरमान तामाङ विजय भएका छन् । यसैगरी, कांग्रेस बाट वडा नं २ मा सुजन भण्डारी, वडा नं ५ मा अञ्चल कुमार लामा र दल बहादुर तामाङ विजय भएका छन् । यस्तै, माओवादीबाट वडा नम्बर १ मा लेखनाथ क्षेष्ठ विजयी भएको छ भने  वडा नं ८ मा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका मोतिलाल तामाङ विजयी भएका छन् ।

एमालेका अध्यक्ष पदका उम्मेदवार लामाले विजयी दुवैलाई बधाई एवमं कार्यकाल सफलताको समेत शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रिया अनुसारको परिणाम सदा सर्वथा आफ्नो लागि स्वीकार्य भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय