महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकामा रोकिएको मतगणना फेरि सुरू भएको छ।
नेपाली कांग्रेसको वडा अध्यक्ष उम्मेदवारको भन्दा नेकपा माओवादी केन्द्रको वडा अध्यक्ष उम्मेदवारको २ मत बढीले जित भए पछि नेपाली कांग्रेसले विरोध जनाएर मतगणना रोकिएको थियो।
माओवादी केन्द्रको वडा अध्यक्ष उम्मेदवार विजय रानाले ५४४ मत प्राप्त भएको थियोे भने नेपाली कांग्रेसको उम्मेदवार कमल बहादुर वाइबाको ५४२ मत प्राप्त भएको थियो । अन्य उम्मेदवारहरु भने फरक मत अन्तरले जितेको छ । वडा अध्यक्ष मात्रै कसरी २ मतको अन्तर भयो भनेर नेपाली कांग्रेसले विरोध गरेको हो ।
विवाद पछि सोमबार दिउँसोबाट नै रोकिएको मत गणना प्रमुख निर्वाचन अधिकृतले बोलाएर बसेको सर्वदलीय बैठकले वडा अध्यक्षको मात्रै मत गणना गर्ने सहमति गरेपछि मतगणना फेरि आज बिहानबाट सुरू भएको हो। सर्वदलीय बैठकले वडा अध्यक्ष भन्दा बाहेक अन्य उम्मेदवारले प्राप्त गरेको मत स्विकार गर्ने सहमति गरेको छ।