नमोबुद्ध , काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रत्न बहादुर लामा निर्वाचित भएका छन् ।
नगरपालिकाको प्रमुखमा एमालेका राजन भुर्तेललाई ५ हजार ३८९ बढी मतले हराउँदै नेपाली कांग्रेसका कुन्साङ लामा निर्वाचित भएका हुन् । लामाले ११ हजार २११ मत ल्याउँदा एमालेका भुर्तेलले ५ हजार ८२२ मात्र मत ल्याए ।
यस्तै नगरपालिकाको उपप्रमुखमा एमालेका सम्झना लामालाई पराजित गर्दै माओवादी केन्द्रका रत्न बहादुर लामा निर्वाचित भएका हुन् । रत्नले ८ हजार १७८ मत ल्याउँदा सम्झनाले ६ हजार ५४३ मात्र मत ल्याए ।