काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रखुम प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नजानु हुने भएको छ ।
सभामुख सापकोटाको आह्वानमा आज दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ । उक्त बैठकमा अध्यक्ष ओली नजानु हुने भएको हो ।


स्रोतका अनुसार बैठकमा दलको प्रतिनिधि सहभागी हुनेछन् । बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ ।