महाभारत,काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कान्छालाल जिम्बा (संसार) र उपाध्यक्षमा नेपाली कांग्रेसका सागर मोक्तान निर्वाचित भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा एमालेका पुर्ण बहादुर वाईबालाई १ हजार ६९६ बढी मतले हराउँदै माओवादी केन्द्रका कान्छालाल जिम्बा (संसार) निर्वाचित भएका हुन् । जिम्बाले ४ हजार ८९१ मत ल्याउँदा एमालेका वाइबाले ३ हजार १९५ मात्र मत ल्याए ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेका शान्ति तितुङ राना मगरलाई पराजित गर्दै कांग्रेसका सागर मोक्तान निर्वाचित भएका हुन् । मोक्तानले ४ हजार १६९ मत ल्याउँदा मगरले १ हजार ५३० मात्र मत ल्याए ।