महाभारत, काभ्रे । महाभारत गाउँपालिकामा स्थानीय तह निवार्चन २०७९ को मतगणना सकिएको छ । सार्वजनिक मतगणना अनुसार महाभारत गाउँपालिकामा नेकपा एमाले पत्तासाफ भएको छ ।

पहिलो स्थानीय तह निर्वाचन २०७४ मा १ वटा वडा जितेका नेकपा एमाले दोस्रो स्थानीय तह निर्वाचनसम्म आइपुग्दा शुन्यमा झरेको हो ।

८ वटा वडा रहेको महाभारत गाँउपालिकामा कुनै पनि वडामा सदस्य सम्म पनि जीत हाँसिल नगरेपछि नेकपा एमालेको बिउ नै मासिएको भान भएकाे छ । नेकपा एमालेमा फुट आएपछि यो समस्याले जरा गाडेको हो ।

गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका विजेता नेकपा माओवादी केन्द्रका कान्छालाल जिम्बा (संसार)ले ४ हजार ८९१ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका पुर्ण बहादुर वाईबाले ३ हजार १९५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेकपा एमाले फुटेर बनेको नेकपा (एस) ले २ सय ३५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका सागर मोक्तानले ४ हजार १६९ मत प्राप्त गर्नुभएको छ भने उहाँ प्रतिद्वन्दी नेकपा एमालेका शान्ति तितुङ राना मगरले १ हजार ५३० मत प्राप्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय