भुम्लु, काभ्रे । जिल्लाको भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत’ले लालपुर्जा विहिन भुम्लु–७ र ८ को भुम्लुटार, फलाटे र बन्देउका लालपुर्जा विहिन नागरिकलाई लालपुर्जा दिलाउनको लागि पहलकदमी समेत सुरु गरिएको छ ।
उनले चुनावी अभियानको क्रमममा लालपुर्जा विहिन नागरिकलाई पुर्जा दिलाउने प्रतिबद्धता अनुसार नेपाल सरकारको भुमी ब्यबस्था मन्त्री शशी श्रेष्ठसँग भेटघाट समेत गरेका छन् ।


अध्यक्ष भुजेलले छिटोभन्दा छिटो लालपुर्जा वितरण समस्या समाधान गर्न गाउँपालिकाको तर्फबाट मन्त्री श्रेष्ठसँग भेटघाट गरेको जानकारी दिए ।
उनले लालपुर्जा वितरण गर्ने विषयमा मन्त्री श्रेष्ठ सकारात्म रहेको र लालपुर्जा भुम्लु–७ र ८ का जनतालाई कुनै हातलमा दिलाउने समेत बताए ।