काभ्रे । जिल्लाका १३ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । सम्पन्न मतपरिणाम अनुसार गठबन्धन दलको दुई तिहाई बहुमत देखिएको छ ।

गठबन्धन दलले धुलिखेल बाहेक सबै पालिकाको मेयर जितेको छ । त्यस्तै पनौती र बनेपालाई छोडर अन्य पालिकामा समेत गठबन्धन दलकै उपमेयर छन् ।

यस्तैमा केही मेयर र उपमेयरका उम्मेदवारले भने भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो समेत मत पाएनन् । अर्थात ती उम्मेदवारहरुको पक्षमा शुन्य भोट छ । उम्मेदवार आफैले समेत आफ्नो लागि मतदान गरेको देखिएन ।

बनेपा नगरपालिकाको मेयरका उम्मेदवार समाजिक एकता पार्टीका कृष्णबहादुर श्रेष्ठको शुन्य मत छ । निर्वाचनमा ‘गितार’ चिन्ह लिएर बनेपाको मेयर बन्ने सपना बोकेर चुनावमा होमिएका उनले अन्ततः आफ्नो लागि समेत मतदान गरेको नपाइएको हो ।

त्यस्तै पाँचखाल नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार रमेश प्रसाद बजगाईंको शुन्य मत रहेको छ । उनले ‘कमलको फुल’ चिन्ह लिएर चुनाव लडेका थिए ।

त्यसैगरी जिल्लाको विकट डाँडापारि क्षेत्र खानीखोला गाउँपालिकाको अध्यक्षका स्वतन्त्र उम्मेदवार पावल थिङको पनि श्रेष्ठ र बजगाईंको जस्तै अवस्था छ । निर्वाचनमा ‘व्याटमिन्टनको कक्’ चिन्ह पाएका उनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा शुन्य देखिएको हो ।

खानीखोलाकै उपाध्यक्षका अर्का स्वतन्त्र उम्मेदवार मानबहादुर सिंतानको पनि शुन्य मत रहेका छन् । उनको चुनाव चिन्ह ‘आँप’ रहेको छ । निर्वाचनमा उम्मेदवारी दिएता पनि मतदान गर्ने अन्तिम समयमा आएर प्रतिस्पर्धी उम्मेदवारसँग मिल्ने तथा पुरानो दलकै उम्मेदवारलाई सघाएपछि आफ्नो मत भने शुन्य भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय