काभ्रे । जिल्लाको रोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिम बहादुर वाईवा ‘ज्वाला’ले पदभार ग्रहण गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष वाईबाले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय गरेका हुन्।
नवनिर्वाचित अध्यक्ष लामाले रोशी गाउँपालिकाभित्र रहेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकालाई निःशुल्क स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय गरिएको बताए ।
उनले भने, ‘रोशीमा ३ हजार दुई सयभन्दा बढी ज्येष्ठ नगारिकहरू छन् । उनीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क बिमा गर्ने पहिलो निर्णय गरिएको हो ।’
गाउँपालिका उपाध्यक्ष वाईबाले ५ वर्षे कार्यकालमा जनताले प्रश्न गर्ने ठाउँ नराखी काम गर्ने बताए । उनले भने, ‘अबको ५ वर्षको अवधि जनताले गुनासो गर्ने ठाउँ नराखी जनताको सेवामा खटिनेछु ।’
उनीहरुले पदभार गहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजय गराउने मतदाताहरुलाई आभार व्यक्त समेत गरेका छन् ।