काभ्रे । जिल्लाको विकट खानीखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले पदभार ग्रहण गरेका छन् । सोमबार गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थिङले पदभार ग्रहण गरेका हुन् ।

अध्यक्ष थिङले पदभार ग्रहण गर्दै गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बासहित वडा अध्यक्ष लगायतका निर्वाचित वडा सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।

आज नै उपाध्यक्ष जिम्बाले सपथसँगै पदभार सम्हालेको छ । गाउँपालिकाको सभा हलमा भएको सपथ कार्यक्रममा सातै वडाका अध्यक्ष र सदस्यहरु उपस्थित भएका थिए । जिल्लाका केही स्थानीय तहमा सपथ बाहिष्कार गरिहेको अवस्थामा खानीखोलामा भने सबै दलबाट निर्वाचित जनप्रतिनिधिहरुले एकै समुहमा रहेर सपथ लिएका हुन् ।

नयाँलाई स्वागत, पुरानालाई विदाई

त्यस्तै, नवनिर्वाचितलाई स्वागतसँगै ५ वर्षे कार्यकाल पुरा गरेका जनप्रतिनिधिलाई भने एक कार्यक्रमबिच विदाई गरिएको छ ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थिङले उनीहरुलाई प्रमाणपत्र, मायाको चिनोसँगै दोसाल्ला उढेर सम्मानसहित विदाई गरेका छन् । विदाई कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णबहादुर खुलाल, उपाध्यक्ष रुक्मनी गुरुङ मगर, वडाध्यक्षहरु ज्ञानबहादुर थिङ, जयबहादुर लुङ्गेली, वीरबहादुर वाईबा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय