काभ्रे । जिल्लाको विकट खानीखोला गाउँपालिका वडा नं. ३ को वडाले सामाजिक सुरक्षा भत्ता जस्ता सेवाहरु वडा कार्यालयबाट सञ्चालन गर्ने घोषणा गरेको छ ।

नवनिर्वाचित वडा अध्यक्ष सागर जिम्बाले पदभार ग्रहण गर्दै सामाजिक सुरक्षा अन्तर्गतको बृद्ध भत्ता, बिधुवा भत्ता, अपाङग भत्ता जस्ता सेवाहरु वडा कार्यालयबाटै दिने व्यवस्था मिलाउने बताए । पदभार ग्रहणसँगै बसेको वडा समितिको बैठकले सो निर्णय गरिएको हो ।

अध्यक्ष जिम्बाले भने, ‘ बुढाबुढी र अपांग ताल्ढुंगासम्म पुग्न सहज नहुने र कठिनका साथ पालिका जानु पर्ने बाध्यतालाई अन्त्य गरी वडाबाट भत्ता वितरण गर्ने प्रकृयाको थालनी गर्न गाउँपालिकामा प्रस्ताव लाने निर्णय गरिएको छ ।’

ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई समेत ख्याल गरी वडाबाटै उक्त सेवा वितरण गराउने गरी गाउँ कार्यपािलकाको बैठकमा समेत प्रस्ताव राख्ने बताए । अघिल्लो कार्यकालमा अपूरा रहेका योजनाहरु सहित हरेक घरधुरीमा सेवा पुग्ने गरी काम गर्ने उनको भनाई छ ।

वडाभित्रका अति विकट बस्तीहरुमा रहेको समस्या समाधान सहित आवश्यकता अनुसार घुम्ती शिक्षा, स्वास्थ्य लगायतका अभियानलाई समेत तीब्रता दिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय