
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ४ का वडा नवनिर्वाचित वडा अध्यक्ष उत्तम तिमल्सिनाले आफुले सुविधा बापत पाउने रकम प्राबिधिक शिक्षामा लगानी गर्ने निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै वडा अध्यक्ष तिमल्सिनाले प्राबिधिक शिक्षामा खर्च गर्ने निर्णय गरेका हुन् ।


उनले बढ्दो बेरोजगार समस्यालाई केही हदसम्म कम गर्ने उदेश्यले प्राबिधिक शिक्षामा लगानी गरि वडाभित्रका युवालाई आत्मनिर्भर गर्ने खालको प्राबिधिक ज्ञान सिपमुलक तालिममा आफुले पाउने तलब तथा भत्ता खर्च गर्ने बताए ।
वडा अध्यक्ष तिमल्सिनाले अधुरा रहेका कामलाई क्रमिक रुपमा पूरा गर्दै जाने प्रतिबद्धतासँगै काम गर्दै जाने क्रममा र कहिकतै त्रुटि भेटिए खबरदारी गर्न समेत वडाबासिहरुलाई आग्रह गरे ।
यसअघि सामाजिक कार्यमा लाग्दै आएका वडा अध्यक्ष तिमल्सिना तीनै व्यक्ति हुन्, जसले बिपन्न गरिबलाई सहयोग गर्दै आइरहेका छन् । उनीले जनताको हरेक सुख दुखमा साथ दिएकै कारण वडाबासीले लोकप्रिय मत दिएर विजय गराए ।
अध्यक्ष तिमल्सिना अघिल्लो स्थानीय तहको निर्वाचनमा यसै वडाको वडा सदस्य जितेका थिए । विशेषगरी उनी युवा पुस्ताले निकै मन पराउनु भएको जनप्रतिनिधिमा पर्छ । अध्यक्ष तिमल्सिना नेपाली कांग्रेस धुलिखेल-४ को वडाका सभापती समेत हुन् ।
त्यस्तै एक कार्यक्रमबिछ निवर्तमान वडा अध्यक्ष रबिन्द्र कर्मचार्य, वडा सदस्य प्रेम बहादुर कार्की लगायतलाई बिदाइ समेत गरिएको थियो । कार्यक्रममा विभिन्न पार्टीका नेता र विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेका थिए ।