![](https://globalkhabars.com/wp-content/uploads/2022/05/renu-dahal-1-760x500-1.jpg)
भरतपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै सरकारी स्वास्थ्य संस्थामा जन्मिएका नगरबासीका छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बीमा गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन्।
उक्त बीमाको दाबी १५ बर्षपछि गर्न पाइनेछ । बीमा कार्यक्रम आगामी आर्थिक वर्षबाट लागू हुनेछ। त्यस्तै, उनले महानगरपालिका भित्रका स्थानीयतको लागि सात हजारसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन् । खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने बताइएको छ ।
![](https://globalkhabars.com/wp-content/uploads/2024/02/Chhar-Nepal-Construction-Pvt.-Ltd.-247x300.jpg)
![](https://globalkhabars.com/wp-content/uploads/2024/07/MAHABHARAT-GAUPALIKA-BIPAT-240x300.jpg)
त्यस्तै दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने बताएकी छन् ।