काभ्रे । भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत’ले मस्तिष्कघात (ब्रेनट्यूमर)का पीडित ३३ वर्षीय हेमप्रसाद चौलागाईंलाई आर्थिक सहयोग गरेका छन् ।
भुम्लु–४ चौबास हिले निवासी मस्तिष्कघात पीडित चौलागाईंको घरमै पुगेर अध्यक्ष भुजेलले व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
अध्यक्ष भुजेलले गाउँपालिकाभित्रका प्राणघातक जस्ता जटिल रोगका पीडितहरुको लागि आफुले सक्ने जस्तोसुकै सहयोगका लागि तयार रहेको बताए ।
नवनिर्वाचित अध्यक्ष भुजेलले पदभार ग्रहण गर्दै मृगौला, क्यान्सर, मस्तिष्कघात लगायतका प्राणघातक रोग लागेका गाउँपालिकाभित्रका नागरिकले अकालमै मृत्यु वरण गर्न नपरोस् र विरमीको निशुल्क उपचार गर्ने गरी ‘प्राणघातक रोग उपचार कोष’ समेत स्थापना गरेका छन् ।