काठमाडौं । तामाङ कथानक चलचित्र टु (पसिना ) को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलर सार्वजनिक गर्दै नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नम्बर १ का निवर्तमान अध्यक्ष आईदा घलेले प्राकृतिक सौन्दर्यले भरिपुर्ण जिल्लाको विभिन्न स्थानमा छायांकन गरिएको फिल्मले तामाङ जातीको भाषा, संस्कृति तथा मौलिकतालाई संरक्षण गरी भावी पुस्तालाई आफ्नो काला, संस्कृती, भाषका बारेमा जानकारी दिने विश्वास व्यक्त गरेका छन् । यसैगरी उनले फिल्मलाई राजधानी केन्द्रीत मात्रै नभएर जिल्लामा नै प्रदर्शनका लागि जनप्रतिनिधिहरु संग छलफल गर्ने बताए ।

यस्तै, कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ किस्पाङका अध्यक्ष महेन्द्र बहादुर तामाङले तामाङ भाषमा निर्मित उक्त फिल्मको माध्यमबाट समाजलाई सुधार्न नयाँ सन्देश दिनेमा आशा व्यक्त गरे । तामाङ संस्कृति र मौलिकतालाई फिल्म मार्फत देशैभर पु-याउन सके हाम्रो मौलिकता पछि सम्म रहेने समेत बताए । अध्यक्ष तामाङले मुलुकमा राजनितिक परिवर्तन पछि हरेक व्यक्तिले अवसर पाएको बताउँदै सबैले पाएको लोकतन्त्र पनि यही नै भएको बताए । साथै, पछिल्लो समय प्रविधिको विकास संगै तामाङ समुदायले पनि फिल्म बनायन सफल भएकोमा खुशि व्यक्त गरे ।

३ मिनेट २७ सेकेण्ड लामो ट्रेलरमा तामाङको जातीको मौलिक तथा परम्परागत मुल्य मान्यताहरुलाई प्रश्तुत गरिएको छ । फिल्म टु आगामी जेठ १५ गते आईतबार बिहान ८ बजे अष्टनारायण हल बालाजुमा विशेष प्रदर्शन गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

रोशन फ्युबा तामाङको निर्देशनमा बनेको फिल्ममा मर्नेन तामाङ, जोङ्बा कान्छा, सिंग बहादुर तामाङ, रुपा एस घले, प्रकास वाईबा, डोल्मा मनाङ्थेन, विगेन्द्र वाईबा, युजिला मोक्क्तान,सोनाम तामाङ,फुर्वा लामा, शिशिर थोकर, सुनिता मम्बा, हिरा माया, एस आर तामाङ, मिलन एस वाईबा, विकास घले, लाक्पा तामाङ, चे लामा, आईदा घले, माया मोक्क्तान, प्रयसी तामाङ, सन्दिप तामाङ लगायतको अभिनय रहेको छ ।

सिंग बहादुर तामाङ र सन्चमाया तामाङले निर्माण गरेको उक्त फिल्ममा प्रकाश वाईबाको छायांकन, सिंग बहादुर तामाङको कथा, रोशन फ्युबा तामाङले सम्पादन गरेका छन् । यस्तै, निरमाया तामाङ र प्रेम तामाङ सह निर्माता रहेको फिल्ममा गायक रोम लामा, हावा लामा र गायिका शशिकला मोक्क्तान, मिना लामा रहेका छन् भने संगीत रोशन फ्युबा तामाङ र मिना लामाको रहेको छ ।

फिल्मका निर्माता सिंग बहादुर तामाङले टु फिल्मले आफ्नो भाषा, संस्कृतिलाई उजागर गर्न सहयोग पु¥याउने बताउँदै फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने पनि आशा व्यक्त गरे । यस्तै निर्देशक रोशन फ्युबा तामाङले विकट ठाउँमा गएर फिल्म निर्माण गर्न सफल नभएपनि आफ्नो टिम भने उक्त फिल्म निर्माण गर्न सफल भएको बताउँदै फिल्मले दर्शकलाई उर्जा थप्नेमा विश्वस्त रहेको बताए । साथै उनले तामाङ फिल्मलाई साथ र सहयोग गर्न पनि दर्शकहरुलाई अनुरोध गरे ।

लाप्साङकर्पो म्युजिकको छैटौं प्रस्तुतीमा निर्मित उक्त फिल्ममा नुवाकोट र रसुवाको माथिल्लो भेगको समुदायको दु :ख पिडा हासो उमङगका साथै मौलिक तथा परम्परागत मुल्य र मान्यताहरु समेटिएको छ । त्यतिमात्रै नभएर राजनैतिक हस्तक्षेपलाई समेत काल्पनिक रुपमा प्रस्तुुत गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय