
खानीखोला, काभ्रे । जिल्लाका विकट खानीखोला गाउँपालिकाले आइतबार सार्वजनिक विदा नदिने भएका छन् । गाउँपालिकामा नयाँ नेतृत्व आएसँगै भएको पहिलो कार्यपालिकाको बैठकले संघीय सरकारले आइतबार सार्वजनिक विदा दिने घोषण गरेपनि गाउँपालिकाले भने विदा नदिने निर्णय गरेका हुन् ।
गाउँपालिकाको इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले कार्यापालिका बैठकबाट पालिका कार्यालय, वडा कार्यालयसँगै शैक्षिक संस्थाहरु शनिबार वाहेक नियमित संञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।


अध्यक्ष थिङले सेवाग्राहीको हित र विद्यार्थीको पाठनपाठनलाई केन्द्रमा राखेर आइतवार विदा नदिने निर्णय गरेको बताए । उनले भने, ‘पालिकाभित्रका सबै कार्यालय र विद्यालयहरु शानिबार बाहेक आइतबार–शुक्रबार नियमित सञ्चालन हुनेछ ।’
सरकारले जेठ १ गतेदेखि लागू हुने गरि आइतबार सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो ।
त्यस्तै शनिबार विदाको दिन सरकारी सवारी नरोक्ने गाउँपालिकाले जनाइएको छ । विकट गाउँपालिका भएको हुँदा गाउँपालिकाको काम लिएर विविध ठाउँमा जानु पर्नेसँगै पालिकाभित्र इन्धन खपत बढी हुने ठाउँमा नभएकाले सवारी नरोक्ने बुझिएको छ ।
सरकारले सवारी इन्धन खपत कम गर्न काठमाडौँ उपत्यका लगायतका जिल्लामा विदाको दिन सरकारी सवारी नचालाउन अनुरोध गरेका थिए ।