काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिंग्देनले स्थानीय तहको निर्वाचनमा दुई–दुई वटा गठबन्धनका बबाजुत र तयारी समयको अभावले गर्दा अपेक्षित परिमाण नआएको बताए । विहीबार काभ्रेको धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष लिंग्देनले सो कुरा बताएका हुन् ।

‘दुई–दुईवटा गठबन्धनका वावजुद राप्रपाले एक्लै निर्वाचनमा सहभागी हुनु पर्दा अपेक्षित परिमाण भने ल्याउन सकेनन्,’ उनले भने, ‘तर राप्रपाले निर्वाचनमा प्राप्त गरेको सफलताले पार्टीलाई उत्साहित तुल्याएको छ ।’

अध्यक्ष लिंग्देनले जेष्ठ १८ र १९ गते धुलिखेलमा सम्पन्न पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टीको लोकप्रिय जनमतमा भने उल्लेख्य सुधार भएको निष्कर्ष निकालेको जानकारी दिए ।

उनले स्थानीय तहको निर्वाचनको परिणाम र लोकप्रिय जनमतको जगमा उभिएर आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरिएको बताए ।

अध्यक्ष लिंग्देनका अनुसार प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने उनको प्रस्तावलाई केन्द्रिय कार्य समितिको बैठकवाट अनुमोदन गरी आगामी प्रदेश र संघको निर्वाचनको मुख्य एजेण्डा बनाउने छ ।

राप्रपाले अषाढ ७, ८, ९ मा केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुका साथै भदौ मसान्तभित्र सबै जनवर्गीय संगठनहरूको महाधिवेशन सम्पन्न गर्ने भएको छ ।
अध्यक्ष लिंग्देनले बाँकेको नेपालगंजस्थित् राजा विरेन्द्रको सालिक राख्ने क्रममा सत्ता पक्षबाट हस्तक्षेप भएको आरोप लगाउँदै झपडामा परी घाइते हुनेको उपचार र पक्राउ परेकाहरुलाई अबिलम्ब रिहाइको गर्न माग गरेको छ ।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबाट देशको परिर्वतन सम्भव नभएको बताए । उनले यी राजनीतिक दलबाट परिर्वतन सम्भव छैन भन्ने कुरालाई परिर्वतनका पक्षधर स्वतन्त्र उम्मेदवार बालेन साहहरुले चुनाव जितेर सत्य सवित गरेको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय