
काभ्रे /महाभारत । नेपाली काँग्रेसको काभ्रेपलान्चोक जिल्ला डाँडापारी महाभारत गाउँपालिकाको वडा अधिवेशन सम्पन्न भएको छ । आज भएको कार्यक्रममा गाउँपालिकाका सबै ८ वटै वडाको अधिवेशन सम्पन्न भएको हो ।
१४ औ वडा अधिवेशन मार्फत आठै वडा बाट सभापती, सचिव लगायत पदाधिकारी हरुको सर्वसम्मत चयन भएको तरुण दलका बागमती प्रदेश सदस्य तथा युवा नेता विकास योन्जनले जानकारी दिए ।


गाउँपालिकाको ८ वटै वडामा एकैसाथ शुरु भएको वडा अधिवेशन विवादरहित तवरले सम्पन्न भएको र क्रियाशील सदस्य वितरणमा केही विवाद भए पनि नेतृत्व चयन भने विवाद नभएको योन्जनले जानकारी दिए । उनले वडा कमिटी काँग्रेस पार्टीको मूल जग भएकोले सबै वडाहरूमा सौहार्दताका साथ नेतृत्व चयन गर्ने गरी सबै क्रियाशील सदस्यहरूलाई जिम्मेवारी दिएको उनले बताए ।
अधिवेशनबाट वडा सभापतिहरुमा वडा नं. १ मा तारा बहादुर राना २ मा दमैसिं वाइबा ३ मा प्रकाश थिङ ४ मा सन्जिब वाईबा ५ मा कमल बहादुर वाइबा ६ मा जीवन वाईबा ७ मा जित बहादुर पाख्रीन र ८ मा नरबिर घलान सर्वसम्मत बाट चयन भएको छ ।