
काभ्रेः प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपति शेरबहादुर देउवाले खनिज पदार्थको पहिचान गरी ग्रिन हाइड्रोजन उत्पादन व्यवस्थापन गर्नु आजको आवश्यकता भएको बताए ।
शुक्रबार काभ्रेको धुलिखेलस्थित् केयुको २७ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । प्रधानमन्त्री तथा केयूका कुलपति देउवाले विश्वविद्यालयले कला, शिक्षा, इन्जिनियरिब,व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिल ४३ सहित एक हजार सात सय बढी दक्ष प्राविधिकको उत्पादन गरेकोमा खुसी व्यक्त गरे ।


उनले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र जैविक विविधताको अनुसन्धानमा दक्ष जनशक्तिउत्पादन गरी मुलुकको विकासमा थप टेवा पु¥याउँछ भन्ने आफु विश्वास्त रहेको बताए ।
प्रधानमन्त्री देउवाले खनिज पदार्थको पहिचान गरी विशेषज्ञता हासिल गरी देश विकासमा टेवा पु-याएकामा धन्यवाद समेत व्यक्त गरे । विश्व विद्यालयबाट १ हजार ७ सय १२ विद्यार्थी दीक्षित भएका छन् ।
उनले विभिन्न देशका विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अगाडि बढेको पनि बताए । विश्वविद्यालयमा हालसम्म ३८ हजार तीन सय ३६ उत्तीर्ण तथा दीक्षित भएका छन् ।
दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले उत्पादित जनशक्तिलाई इमान्दारीतापूर्वक मातृभूमीको सेवा गर्न दीक्षितहरुलाई आग्रह गरे ।
देशमै आफ्नो सीप दक्षतालाई प्रयोग गरी विकट क्षेत्रका गरिब जनसमुदायको सेवामा लाग्न सके मात्रसीप र दक्षताको कदर र सम्मान हुने उनको भनाई छ .