काठमाडौँ । काठमाडौँ उपत्यकामा रगत अभाव भइरहेको बेलामा हजुरलाई नमस्कार परोपकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

संस्थाले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आज वाफलमा आयोजना गरेको कार्यक्रममा ५५ व्यक्तिले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा बोल्दै नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले रगत अभाव भएको बेलामा रक्तदान कार्यक्रम राखेर परोपकारी संस्थाले राम्रो कामको थालनी गरेको बताए । “तपाईँले दिएको एक प्रिन्ट रगतले तपाईँजस्तै एक व्यक्तिको ज्यान जोगिन सक्छ, त्यसैले रक्तदान कार्यक्रममा सहभागी बनौँ”, उनले भने । पूर्वमन्त्री श्रेष्ठले रक्तदान कार्यक्रम परोपकारी कार्य भएकाले यसलाई निरन्तरता दिन आग्रह समेत गरे ।

नेपाल रेडक्रम सोसाइटीका निर्देशक दिव्यराज पौडेलले हरेक व्यक्ति स्वस्थ्य भएर बाँच्न वर्षको तीनदेखि चार पटकसम्म रक्तदान गर्नुपर्ने बताए। उनले रगतको सङ्क्रमण परीक्षण गर्न नेपाल रेडक्रम सोसाइटीले उच्च प्रविधिको मेसिन जडान गरेको बताए । स्वयंसेवामार्फत नेपालको रक्तसञ्चार सेवालाई अगाडि बढाएको भन्दै उनले संस्थालाई धन्यवाद दिए।

समाजसेवी एवं हजुरलाई नमस्कार परोपकारी संस्थाका अध्यक्ष ताराबहादुर कुँवरले हजुरलाई नमस्कार संस्थाले हरेक हप्ता रक्तदान कार्यक्रम आयोजना गर्ने जानकारी दिए। पहिलो चरणमा निरन्तर १५ हप्ता रक्तदान कार्यक्रम आयोजना गरेको हजुरलाई नमस्कार परोपकारी संस्थाले आजदेखि दोस्रो चरणको रक्तदान कार्यक्रम सुरु गरेको हो । दोस्रो चरणको कार्यक्रमलाई निरन्तर अगाडि बढाउने समाजसेवी कुँवरले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय