नुवाकोट । पक्कै पनि तामाङ चलचित्रले मनोरंजन मात्र नभएर हाम्रो धर्म, सस्कार, रितिरिवाजबारे विश्वव्यापीकरण गर्न सहयोग गर्दछ । प्राकृतिक सुन्दरताले भरिएको मनोरम दृश्यहरुमा छायांकन गरिएको चलचित्र वास्तबमै प्राकृतिक नै बनेको पाईन्छ। यी मनोरम दृश्यहरुले गर्दा नै चलचित्र अवधि भर दर्शकहरुका आँखालाई एकछिन पनि झिमिक्क गर्न दिदैनन्।

पुर्खाको पसिना र पुर्खाले आर्जेको भुमिको संरक्षण गर्नु पर्छ भन्ने मुल सन्देश बोकेको तामाङ भाषाको चलचित्र टु (पसिना) शनिबार विदुर नगरपालिका १ ढुंगेस्थित होटल यांग्रामा प्रदर्शन गरिएको थियो । “टु” भन्नाले हाम्रो तामाङ समाजकै शब्द भएकोले यस शब्दले जुन अर्थ लगाउछ त्यही अर्थको सेरोफेरोमा नै निर्माण भएको उक्त चलचित्र नुवाकोटको किस्पाङ गाउपालिका, धादिङको रुबि भ्याली, खनियाबास सिङ्ल्हा लगायत तामाङ समुदायको रहन सहन तथा बस्ति भएको रमणीय स्थलहरूमा छायांकन गरिएको छ ।

तामाङ भाषाको चलचित्र निर्माण गरेर लोप हुदै गएको तामाङको परम्परागत कुराहरू संरक्षण गरिएको बागमती प्रदेश सभा सदस्य आश माया तामाङले बताईन् । चलचित्रको कथावस्तुबाट आफु सन्तुष्ट रहेको बताउँदै उनले आगमी दिनमा पनि यस्तै चलचित्रहरू निर्माण गर्न सुझावका साथै निर्माण टिमलाई बधाई दिएकी छिन् ।आफ्नो तबरबाट गर्न सकिने साथ समर्थन गरिरहने उनको प्रतिबद्धता छ ।

लाप्साङकर्पो म्युजिकको छैटौं प्रस्तुतीमा निर्मित उक्त चलचित्र गायक तथा निर्देशक रोशन फ्युबाले सम्पादन गरेका हुन्। चलचित्रको प्रदर्शनमा दर्शकको उल्लेख्य सहभागीता रहेको बताउँदै उनले तामाङ चलचित्रको अग्रज भगवान रुपी दर्शकहरुको अथाह माया र साथले गर्दा अहिले तामाङ चलचित्र यो अवस्थामा ल्याउन सफल भएका बताए ।

चलचित्र हेर्नका लागि थामिनसक्ने गरी दर्शकहरुको भीड जम्मा भएको थियो । दर्शकहरुले चलचित्र एकपटक हेर्नै पर्ने खालको बनेको बताएका छन्।

तामाङको जातीको मौलिक तथा परम्परागत मुल्य मान्यताहरु लोप हुँदै गएकाले भावी पुस्ताका लागि तामाङ सस्कार, सस्कृति, र परम्परागत मुल्य मान्यताहरु जगेर्ना गर्न सहज होस् भन्ने उद्धेश्यले चलचित्र निर्माण गरिएको निर्माता सिंग बहादुर तामाङ बताउँछन् । तामाङ चलचित्रबाट तामाङ समुदायको कुरालाई उठान गरेर विश्वभर छरिरहेका तामाङहरुको सामु पु¥याउन आफूले चलचित्र निर्माण गरेको उनको भनाई छ । यसअघि जेठ १५ गते बालाजुस्थित अष्टनारायण हलमामा पहिलो प्रदर्शन गरिएको चलचित्र आगामी जेठ २७ गते शुक्रबार रसुवाको धुन्चे हिमालाय छात्रवास हलमा प्रदर्शन गरिने उनले बताए । साथै, केही दिनमा नै धादिङ लगायत तामाङ समुदायको बाहुल्यता भएको स्थानहरुमा समेत चलचित्र टु प्रदर्शन हुने र विदेशमा समेत प्रदर्शनको तयारी भइरहेको निर्माता तामाङले जानकारी दिए ।

कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ, वडा नम्बर १ का अध्यक्ष पशुपति घले, निवर्तमान वडा अध्यक्ष आइद घले, वाइबा समाजका अध्यक्ष विगेन्द्र वाइबा तामाङ लगाएतको उपस्थित थियो। सिंग बहादुर तामाङ र सन्चमाया तामाङले निर्माण गरेको उक्त फिल्ममा प्रकाश वाईबाको छायांकन, सिंग बहादुर तामाङ कै कथा रहेको छ ।

यस्तै, कार्यक्रममा तामाङ समुदायबाट स्थानीय तहको निर्वाचणमा किस्पाङ गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय