काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै शुक्रबारको तुलनामा ६०० ले घटेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
यसअघि, गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ छ ।
गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो ।