काभ्रेः जिल्लाका स्थानीय तहहरूले संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४ अर्ब बढी अनुदान पाएका छन् ।

सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आ.वको बजेट अनुसार काभ्रेका ७ गाउँपालिका र ६ नगरपालिका गरी १३ वटा स्थानीय तहले चालु र पुँजीगत शीर्षकमा गरी ४ अर्ब ८२ करोड ९७ लाख अनुदान पाएका हुन् ।

बनेपा नगरपालिकाल ५० करोड ६९ लाख, धुलिखेलले ४७ करोड १२ लाख, पनौतीले ४५  करोड ७० लाख, मण्डनदेउपुरले ४२ करोड ९९ करोड,  नमोबुद्धले ३९ करोड २८ लाख र पाँचखाल नगरपालिकाले ३८ करोड १८ लाख अनुदान पाएका छन् ।

त्यस्तै रोशी गाउँपालिकाले ४१ करोड ८७ लाख, चौरीदेउरालीले ३४ करोड ९२ लाख, तेमालले ३१ करोड १२ लाख, भुम्लुले २९ करोड ८८ लाख, महाभारतले २८ करोड ३६ लाख, बेथान्चोकले २६ करोड ७० लाख र खानिखोला गाउँपालिकाले २६ करोड १६ लाख बजेट पाएका हुन् ।

काभ्रेको विभिन्न स्थानीय तहमध्ये सबैभन्दा बढी बनेपा नगरपालिका र कम खानीखोला गाउँपालिकाले अनुदान पाएका छन् । गाउँपालिकातर्फ सबैभन्दा बढी अनुदान प्राप्त गरेको रोशी गाउँपालिकाको बजेट नमोबुद्ध र पाँचखाल नगरपालिकाको भन्दा बढी रहेको छ । रोशी गाउँपालिकामा १२ वटा रहेका छन् ।

काभ्रेका स्थानीय तहले आगामी आर्थिक वर्षका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन् । यस्तैमा खानीखोला गाउँपालिकाले असार २० गतेको लागि गाउँसभाको मिति नै तोकिसकेको छ

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय