काठमाडौं । दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा एक जोडी मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङले वडा नम्बर ९ पुरानो दक्षिणकाली जंगलमा अन्दाजी २०–२२ वर्षको जस्तो देखिने युवक र युवतीको शव भेटिएको जनाएको छ ।

वरिष्ठ हवल्दार सुरेश कट्टेलले जोडीको नजिकै एउटा झोलासँगै विषको बट्टा पनि भेटिएको जानकारी दिए । उनले मृतकको पहिचानबारे अहिलेसम्म केही थाहा नभएको र विष सेवन गरे नगरेको बारेमा पनि परीक्षणपछि मात्रै थाहा हुने बताए ।

वरिष्ठ हवल्दार कट्टेलका अनुसार १–२ दिनअघि नै यो जोडीको मृत्यु भएको आँकलन गरिएको छ । घटनास्थल सडकबाट केही मिटर उचाइमै भएकाले पनि घटना भएको केही समयपछि मात्र पत्ता लागेको प्रहरीले जनाएको छ ।

दुवै शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने तयारी भइरहेको हवल्दार कट्टेलले बताए ।

यो घटनाबारे प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ । घाँस काट्न गएका महिलाहरूले आज बिहान ११ बजेतिर दुईवटा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय