काठमाडौं । फर्पिङको जंगलमा मृत अवस्थामा फेला परेका एक जोडीको पहिचान खुलेको छ । सोमबार दिउँसो दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा करिब २२–२३ वर्षका युवक र युवती मृत अवस्थामा भेटिए एक जोडीको पहिचान खुलेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मृत भेटिएका युवक मकवानपुरको इन्द्रसरोवर घर भएका मनिष ठकुरी रहेको जनाएको छ । युवकसँगै मृत भेटिएकी युवती दाङको राप्ती गाउँपालिका घर भएकी विमला कुमाल रहेको पुष्टि भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले घटनास्थलमा २ वटा विषादीको बट्टा फेला परेको बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय