
काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ६ मा नाम सन्जु मैनाली गरेको नानि न त बिधालय पठाउने मान्छे नै छ न त उसलाई सरसफाई गरिदिने मान्छे नै छ ।
सनै उमेरमा आमा अर्को विवाह गरि गएको र आफ्नो बाबुको अहिले सम्मा कहाँ छ के गर्छ भनेर अत्तोपत्तो छैन । आहिले मामा घरको हजुरबुबा हजुरआमा संग बस्दै आएको छ ।


मामा घरको हजुरआमा बस्दै आए पनि उसलाई समयमा खाना नदिने र उसलाई वस्तै नगरेको सोही गाउँपालिका वडा नं. ६ को महिला वडा सदस्य भगवती नेपालीले जानकारी दिएको छ । उमेर कति भयो भनेर सोध्दा ८ बर्षा पुग्यो भनेर ननिले भन्छन् । पढ्न मन लाग्छ तर बिधालयमा भर्ना गरि नदिएको भन्छन् ।
र सोही मामा घरको हजुरबुबा हजुरआमाको छोरी स्कुल जान्छ म नि जान्छु भन्द घरको काम गर्नु पर्छ भनेर स्कुल जान नदिएको भनिएको छ । मेनुका तामाङ सोही भुम्लु गाउँपालिका वडा नं. ६ मा सिलाइ कटाई तालीम दिना जाने क्रममा त्यस नानीलाई भेटेको रहेछ । र सोधपुछ गर्दा यस्तो अबस्था रहेछ । र मेनुका तामाङले सिलाई तालीम दिने ठाउँमा भेटेको भएर आफुले सकेको सानो सहयोग गरेको छ । आफैले लुगा सिलाई लगाई दिएको छ र खुट्टामा चप्पल समेत नभएकोले चप्पल किनिदिदा सानी नानी धेरै खुसी भएको देख्दा आफुलाई नि धेरै खुसी लागेको बताउँछन् ।