काभ्रे । काभ्रेको बनेपामा आर्शु स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमा ६० जनाले रक्तदान गरेका छन् । बुधबार धुलिखेल अस्पतालको प्राविधिक सहयोग भएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका हुन् ।                       

कार्यक्रममा विभिन्न  संघ/संस्थाका प्रमुख तथा कर्मचारीसँगै सर्वसाधारणले रक्तादान गरेका थिए । कार्यक्रम ‘रक्तदान जीवनदाना’ भन्ने मूल नारा सहित आयोजना गरिएको थियो ।

त्यस्तै बनेपाको पुलबजारस्थित् रहेको बि एम के ड्राइभिङ स्कुलको सहयोगमा उक्त रक्तदान कार्यक्रम बिहान ११ बजेबाट सुरु भई साँझ ४ बजे सम्पन्न भएको थियो ।

रक्तदानमा सहभागीलाई आर्शु स्मृति प्रतिष्ठानले धन्यवादसहित प्रमाणपत्र वितरण गरेका थिए ।                                     

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय