मकवानपुर । जिल्ला समन्वय समिति जिसस मकवानपुरको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका ललितकुमार घलान विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा घलान १७ मतसहित जिसस प्रमुख पदमा विजयी भएका हुन्। उनले सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका थिए।
त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपा ९एमाले०बाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङ तीन मतसहित पराजित भएका हुन् । यस्तै जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा क्रमशः तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ निर्वाचित भएका छन् । उनीहरु तीनै जना नेपाली कांग्रेसबाट उम्मेदवार भएका थिए। एमालेबाट उम्मेदवार बनेका बीनाकुमारी थिङ लामालाई तीन मत प्राप्त भएको छ ।


यस्तै खुला सदस्यतर्फ खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र वीरेन्द्रकुमार लामा निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका पुलामी र गोपालीलाई १७ मत प्राप्त भएको छ भने नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका लामालाई १६ मत प्राप्त भएको छ । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनालाई भने तीन मत प्राप्त भएको थियो ।
जिससको उपप्रमुख पदमा कांग्रेसका सानुकाजी लुइँटेल र दलित तथा अल्पसङ्ख्यक सदस्यमा एकीकृत समाजवादीकी सुनिता परियार निर्विरोध निर्वाचित भएका हुन् ।