काठमाडौँ । असारको पहिलो हप्तासम्म धानमा हाल्ने मलको अत्तोपत्तो छैन । किसान धान रोप्न तयारी अवस्थामा रहेपनि मल अभावका कारण छटपटाइरहेका छन् । तर, सरकार भने कानमा तेल हालेर सुतिरहेको छ । सरकार सधैं किसानप्रति खेलवाड गर्दै आएको छ ।
कृषिविज्ञ लेखनाथ आचार्यले रासायानिक मल आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारी तथा कर्मचारीको लापर्बाहीका कारण किसानले समयमा मल नपाएको बताउँछन् ।


किसानले बर्सेनि मल अभावको सामना गरिरहनुपरेको छ । हरेक स्टेपमा स्वार्थ जोडिएको हुन्छ’, आचार्य भन्छन्, ‘कम्पनीका पदाधिकारीले कुनै न कुनै बहाना बनाएर आपूर्ति गर्दैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर ६ लाख मेट्रिकटन मल आवश्यक हुन्छ तर, सरकारले अधिकतम साढे ४ लाख मेट्रिकटनसम्म मात्रै मल ल्याइरहेको छ ।
यस वर्ष त त्यसको आधा पनि मल ल्याउन नसक्ने देखिएको छ । मन्त्रालयले यस वर्ष एक लाख मेट्रिकटन युरिया, ४४ हजार ७ सय मेट्रिकटन डीएपी र ७ हजार ५ सय मेट्रिकटन एमओपी मात्रै सरकारले आपूर्ति गरेको छ । गहुँ, मकैलाई भनेर खरिद गरेको मल अझै आइपुगेको छैन । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।