काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको बताएका छन् ।

बुधवार समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले अहिले नौ लाख मतदाता पार्टीमा रहेको भनेपनि त्यो संख्या झन्डै २० लाख रहेको बताएका हुन् । गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको उनको आरोप छ ।

उनँले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउनेजति सिट र मत प्राप्त गर्न नसकेको दाबी गरे । अहिलेको स्थानीय तह सदस्य निर्वाचनमा प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै देशको हीतको लागि नमूना काम गर्नुपर्ने उनी बताउँछन् ।

सम्मानित नेता खनालले रुस र युक्रेनको युद्धका कारण देखाउँदै सरकरले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरुद्धमा आफ्नो पार्टी रहेको बताए । उनले नेकपा (एकीकृत समाजावादी) मूल्यवृद्धिको पक्षमा नरहेको भन्दै सरकारले अविलम्व मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्ने बताए । सम्मानित नेता खनालले सरकारले कुनै बहाना नबनाइ जनतालाई राहत दिनुपर्ने बताए ।

सम्मानित नेता खनालले नेपालको सीमा अंकित गर्ने कुरामा आवाज उठाउनुपर्ने आवश्यक्ता रहेको बताए । उनले प्राप्त मतलाई परिवर्तनको संस्थागत र समाजवादको दिशाको झिल्कोको रुपमा उपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिंदै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले असल र जनसेवाको नमूना काम गरेर अघि बढ्न निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय