काभ्रे /महाभारत । नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्तर्गत काभ्रे महाभारत गाउँपालिकाको सभापतिमा सागर मोक्तान विजयी भएका छ । काँग्रेसको नगर/गाउँपालिका अधिवेशन अन्तर्गत जिल्लाका १२ स्थानीय तहमा पार्टीको ९ गते नै नयाँ चयन भए पनि विवादका कारण महाभारत गाउँपालिकाको अधिवेशन स्थगन भएको थियो । स्थगन भएको अधिवेशन बिहीबार सम्पन्न निर्वाचनमा विशान पाख्रिन ‘लावाङ’ लाई पराजित गर्दै सागर मोक्तान सभापतिमा निर्वाचित भएका हुन् ।

कुल मत १३६ मा ११ जना अनुपस्थित भए पछि १२५ जनाले मतदान गरेको थियो । जसमा १४ मत बदर भएको थियो । मत परिणाम अनुसार मोक्तानले ५६ मत ल्याएर सभापति निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी लावाङले सागरकोभन्दा २ मत कम ५४ मत ल्याएका थियो।

निर्वाचित पछि मोक्तानले पार्टीकै लागि लड्दै आएको बताउँदै कुनैपनि लाभको पद धारण नगर्ने स्पष्ट पारे । उनले गाउँपालिका काँग्रेसलाई अझ बलियो बनाउने तर्फ आफु केन्द्रीत रहेको उल्लेख गरे । ‘वडास्तरमै पार्टीका कार्यकर्ता राजनैतिक प्रशिक्षण दिई सक्रिय बनाउनुपर्ने छ,’ उनले भने–‘वडा ईकाईदेखिका संगठनलाई सक्रिय बनाउन पनि अब प्रशिक्षण दिनुपर्छ ।’ प्रशिक्षण दिई वडा ईकाईलाई सक्रिय बनाउने ध्येय आफुले लिएको उनले प्रष्टयाए ।

काभ्रेको नेपाली काँग्रेसको कुन स्थानीय तहमा को सभापति?

नेपाली काँग्रेस पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सुरुआत स्थानीय तहका अधिवेशन अन्तर्गत बनेपा नगरमा महेशकुमार कर्माचार्य सभापतिमा निर्वाचित भएको थियो । कर्माचार्यले आफ्नो प्रतिद्वन्द्वीलाई एक मतले पराजित गरेको हो । शनिबारै निर्वाचन सम्पन्न धुलिखेलमा विदुर् बस्नेत नगर सभापतिमा अत्यधिक मतले विजयी भएको थियो । पाँचखाल नगर सभापतिमा सञ्जय तामाङ र पनौती नगर सभापतिमा रामशरण भण्डारी निर्विरोध निर्वाचित भएको थियो ।

मण्डन देउपुर नगर सभापतिमा कश्यप पौडेल र नमोबुद्धमा कुन्साङ लामा सभापतिमा निर्वाचित भएको थियो । यस्तै तेमालमा ज्ञानबहादुर लामा, रोशीमा दुधराज लामा,भुम्लुमा दावा लामा र चौँरीदेउराली गाउँपालिका सभापतिमा शेरबहादुर लामा निर्वाचित भएको थियो।

यसैगरी बेथानचोकमा प्रेमबहादुर तिमल्सिना र खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्बा सभापतिमा निर्विरोध निर्वाचित भएको थियो । गाउँ/नगर अधिवेशनमा सभापति पदमा भने दोब्बर बढीको उम्मेदवारी परेको थियो । स्थगन भएको महाभारतको आज सम्पन्न अधिवेशनमा सागर मोक्तान निर्वाचित भएको छ ।

सात तहको निर्विरोध र छ तहमा मतदान भएको हो । निर्वाचनले काँग्रेसको गाउँ/नगर पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिवलगायत कार्यसमिति चयन गरेको हो । निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुने प्रावधान छ भने वडागत सदस्य सङ्ख्याका अनुपातमा कार्यसमिति सदस्य चयन भएको छ । जिल्ला समितिमा १९ हजार १० क्रियाशील सदस्य छन् । समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय