
काभ्रे । जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले नीतिगत रुपमा पाएका अधिकारहरुलाई कार्यान्वयन गर्न आफु दिन रात नभनी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहिबार जि.स.स.को सभा हलमा पत्रकार सम्मेलन गरी प्रमुख गौतमले पार्टीको रुपमा कसैलाई पनि व्यवहार नगर्ने बताउँदै सबै पार्टीहरुको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । स्थानिय तहहरुले गरेका राम्रा कामको आम नागरिक सामु पुयाउनका लागि प्रचार प्रसार गर्न पत्रकारहरुलाई आग्रह गर्दै उनले खराब काम गरे खबरदारी गर्न समेत अनुरोध गरे ।


आफ्नो पाँच बर्षे कार्यकालमा सकेसम्म राम्रो काम गर्ने बताउँदै प्रमुख गौतमले राम्रो काम गर्न नसकिएमा नराम्रो काम गर्दै नगर्ने सुनाए । गौतम जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनको तर्फबाट प्रमुखमा निर्वाचित भएका थिए ।
यसअघि, प्रमुख गौतमले बाढी ग्रस्त रोशी गाउँपालिका वडा नम्बर ११ वीपी राजमार्गको स्थलगत अनुगमन गर्दै राजमार्गलाई तत्काल सहज रुपमा संचालन गर्न पहल गर्ने बताएका थिए ।