
कठमाडौं । सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने संकेत गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसालद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गरेका हुन् । करका दरहरुमा समायोजन गरेर भएपनि पेट्रोलियम पदार्थको मूूल्य समायोजन गर्नुपर्ने विषय संसदमा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले सरकार सोही अनुसार अघि बढन सक्ने बताए ।


विद्युतको खपत बढाएर पनि यसको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको उनको भनाई छ ।