🔹जीवन तामाङ
काभ्रे । पनौती नगरपालिका वडा नं. १२ मा संचालन गरिएको ४५ दिने सिलाई कटाई सीप विकास तालिम सम्पन्न भएको छ । पनौतीको रोशीमा संचालित तालिममा १७ जना महिलाले सीप सिकेका छन् ।
दिगो उद्यम सामाजिक बिकास केन्द्रको आयोजना र पनौती नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन गरेको थियो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत संचालन गरिएको तालिममा मेनुका तामाङले सहजीकरण गरेकी थिइन् ।


तालिम समापन कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिका उप प्रमुख गीता बन्जराले सिकेका सीपले महिलालाई आत्मनिर्भर बनाउने र सीपको प्रयोग गरि स्वरोजगारमा लाग्न आग्रह गरिन ।
कार्यक्रममा पनौती नगरपालिकाका उप-प्रमुख गिता बन्जार, पनौती नगर पालिका दिगो उद्यम बिकास सहजकर्ता सुदर्शन कार्की , सेस्डेक काभ्रेको फिल्ड संयोजक राजकुमार श्रेष्ठ, सेस्डेक काभ्रेको कोषाध्यक्ष कल्पन विश्वकर्मा, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सेस्डेक काभ्रेको लेखापाल तथा प्रशासक साहयक बिन्द्र विश्वकर्माले गरेको थियो।











