काठमाडौं । आगामी तीन दिन देशभर ठूलो पानी पर्ने भन्दै उच्च सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागका महानिर्देशक कमलराम जोशीले आजदेखि तीन दिन देशभर ठूलो पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका हुन् ।
आउँदो तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमासमेत ठूलो पानी पर्ने र र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने उनको भनाइ छ ।


महानिर्देशक जोशीले विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गरे ।
यसैगरी,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ७२ वटा जिल्ला बाढीपहिरोको जोखिममा रहेको जनाएको छ । यसँग सरकारले पूर्वतयारीका क्रममा सुरक्षा निकाय र सम्बद्ध सरोकारवालालाई परिचालन गर्न तथा राहत र उद्धारमा सहयोग पुर्याउन सेनाका हेलिकोप्टर तयारी अवस्थामा राखेको छ ।










