काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) बोलाउनु भएको छ । प्रधानन्यायाधीश जबराले मंगलबार दिउँसो १ बस्ने गरि बैठक बोलाउनु भभउको हो ।

दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने प्रवक्ता बाबुराम दाहालका दाहालले जानकारी दिनुभयो । सर्वोच्च अदालतले कुनै महत्त्वपूर्ण निर्णय गर्दा फुलकोर्ट बैठक बस्ने चलन छ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा हुन्छ तर, बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय