🔹जुना मोक्तान
काठमाडौं । शुक्रबार दिउँसो १२:५५ मा कोटेश्वर बहुमुखी क्याम्पसमा विद्यार्थीहरु विच झडप भएका छन् । नेपाल विद्यार्थी संघकै विद्यार्थीहरुको दुई पक्ष विच झडप भएको हो ।
झडपमा नेपाल विद्यार्थी संघको अध्यक्ष दिनेश कार्की र सचिव विशाल कोइराला र अर्को पक्षबाट इकाई सचिव प्रदिप कार्की घाइते भएका छन् । उनहरुको उपचार भइरहेको छ ।


इकाई सचिव कार्की पक्षले संघको अध्यक्ष र सचिवले क्याम्पस चिफको मिलेमतोमा आफ्नो बैठकलाई असफल बनाउन क्याम्पस बहिराको मान्छे बोलाएर आक्रमण गरेको आरोप लगाएको छ । उनिहरु विच इट्टा हानाहान भएर घाइते भएको हो ।










