क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा विजयी शुरुवात गरेको छ । गएराति भएको खेलमा नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको हो ।

जीतको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमै समेटियो । ओन्टारियोलाई सस्तैमा समेट्न नेपालको लागि पवन सरार्फले ६ ओभरमा २८ रन दिएर ३ विकेट लिए । यस्तै दीपेन्द्र सिंह एरी, अरिफ शेख र किशोर महतोले २र२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । नेपालको लागि विनोद भण्डारीले अर्धसतक पूरा गरे । उनले ५९ बलमा ५७ रन बनाए । असिफ शेखले ७५ बलमा ४२ रनको योगदान गरे ।

अब नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ । त्यसपछि नेपाल त्यहिबाट आईसीसी विश्वकप लिग २ अन्तर्गत हुने त्रिकोणात्मक सिरिज खेल्न स्कटल्याण्डतर्फ लाग्नेछ । नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय