काठमाडौं । काठमाडौंको इमाडोलबाट ३३ वर्षीय महिला  एक हप्तादेखि हराएकी छन । काभ्रेको रोशी गाउँपालिका-१० ठकुरी गाउँ माथ्लो पोखरीटोल ( साविक वाल्टिङ्ग गाविस- ३ ) की इमाडोलमा बस्दै आएकी सोमा थिङ हराएकी हुन् ।

यही असार १६ गते बिहान ९ बजे कोठामा उनका श्रीमान कान्छा मान थिङसंग झगडा भए पछि कोठाबाट धुलिखेलको जंगलमा गई मर्छु भनि निस्किएको उनका काका युवा नेता दिपेश लामा ग्लोबल खबरलाई जानकारी दिनुभयो । उनको १२ बर्षाको छोरा समेत रहेको छ । सोमाले उनका भाइलाई १२:५४ र बहिनीलाई १२:५३ मा फोन गरि म मर्दैछु मेरो छोरा राम्रोसँग हेर भनेर कुरा गरेको समेत बताए । धुलिखेलको जंगलमा खोजी गर्ने काम भइसकेको छ तर केही फेला पर्न सकेन । प्रहरी र आफन्त सबैलाई खबर गरिसकेको भन्दै सर्वजनिक सूचना मार्फत अन्य जनसमुदायलाई पनि जानकारी गराइएको बताउनुभयो ।

पहेँलो रङ्गको कुर्था सुरुवाल,तुना वाला चप्पल लगाएकी गहुँगोरो वर्णकी, अन्दाजी ५ फिट उचाई भएकी महिला कोही कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा श्रीमान कान्छा मान थिङ मोबाइल नम्वर ९८४९६९४५९० र दिपेश लामा ९८४०२०४०६४ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय