काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ वैवाहिक जीवनमा प्रवेश गरेकी छन्। प्रेमी राहुल मोक्तानसँग श्रेष्ठले मंगलबार बिबाह गरेकी हुन्।
नेवारी परम्पराअनुसार काठमाडौंमा उनीहरुको विवाह भएको हो।


निकट आफन्त र परिवारको उपस्थितिमा बिहे कार्यक्रम भएको थियो। विवाह समारोहमा पूर्वमिस नेपालहरु पनि विवाह समारोहमा उपस्थित थिए।
राहुलले काठमाडौंमा जिमखाना सञ्चालन गरिरहेका छन् भने सदीक्षाले हालै डान्सिङ स्टार्स नेपाल रियालिटी शोमा कार्यक्रम सञ्चालको भूमिकामा थिइन्।










