धादिङ । आईसिटी पत्रकार विकास मञ्चको आयोजना र धुनिवेशी नगरपालिकाको सहकार्यमा वडा न ५ धार्केस्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको छ ।

पछिल्लो समय बालिकाहरु विभिन्न हिंसाका घटनामा परेको र असुरक्षित भएका कारणले उक्त विद्यालयलका कक्षा ७, ८, ९ र १० मा अध्ययनरत छात्राहरुलाई आत्म रक्षा तालिम दिइएको आयोजकले जनाएको छ । विद्यालयका प्रधानाध्यापक गणेश रेग्मीले किशोरीहरुलाई परिचित र अपरिचितबाट हुनसक्ने लैङ्गिक हिंसा र यौन दुर्व्यवहारको प्रतिकार गर्नकालागि आत्मरक्षा प्रशिक्षण दिएपछि उनीहरु आफुलाई सुरक्षित राख्न सफल हुनेमा विश्वास व्यक्त गरे। छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैं गर्न सक्ने वैचारिक एवं शारीरिक क्षमता अभिवृद्धि गर्न दिइएको उक्त प्रशिक्षणमा एक सय भन्दाबढी किशोरीहरु सहभागी थिए ।

देशमा पछिल्लो समय महिला हिंसा तथा महिला दुर्व्यवहारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको कारण महिला हिंसा र दुर्व्यवहारका घटना न्युनिकरणका लागि फरक तरिकाले सोच्ने र प्रत्येक नारीलाई आफ्नो रक्षा आफैं गर्न सक्षम बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको हो ।

उक्त आत्म रक्षा तालिममा आफुलाई कोही आक्रमण गर्न आउदा त्यसबाट आफु कसरी बच्ने कस्ता खाले उपायहरु अपनाउन सकीन्छ भन्ने बारेमा प्रशिक्षक राजु नेपाली, रजिन च्यामे र सुप्रिय भण्डारीले प्रशिक्षण दिएका थिए। महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउनु मुख्य उदेश्य रहेको सो तालिममा समाजमा हुने यौन दुर्व्यवहारका घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न जानकारीमूलक आत्म रक्षा सम्वन्धी सुत्रहरु सिकाईएको थियो ।

कार्यक्रममा नगरपालिकाका शिक्षा शाखाका विकास खत्री, केशव शहादुर महरा, भरत रेग्मी, कौसीक शर्मा, आईसिटी पत्रकार विकास मञ्चका सचिव भोला तिमल्सिना, गायक डिबी मैनाली, पत्रकार सावित्रि बस्नेत, शिक्षक, शिक्षिका, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । प्रशिक्षण भोली पनि हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय