काठमाडौँ । काभ्रेको धुलिखेलका नगरपालिकाका मेयर तथा नगर संघ नेपालका अध्यक्ष अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले विकास फड्को मारेको बताए । मेयर ब्याञ्जुले अमेरीकाको न्यूयोर्कस्थित् संयुक्त राष्ट्र संघको कार्यालयमा सम्बोधन गर्दै दिगो विकासमा धुलिखेलले फड्को मारेको बताएका हुन् ।

मेयर व्याञ्जुले शुन्य गरिबी, सुस्वास्थ्य तथा गुणस्तरीय शिक्षा एवं सफा पिउने पानीको व्यवस्था गर्न नगरपालिका सक्षम रहेको बताए । उनले नगरपालिकाले सञ्चालन गर्ने सबैजसो कार्यक्रम दिगो विकास लक्ष्य अनुसार नै रहेको जिकिर गरे ।

त्यस्तै उनले दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा धुलिखेल नगरपालिकाले प्राप्त गरेको गरिबी निवारण, स्वास्थ्य शिक्षा र खानेपानी जस्ता विषयमा हासिल गरेको उपलब्धि उपलब्धि बारे विश्वका १६३ देशका प्रतिनिधिबीच नेपालको प्रतिनिधित्व गरेर राख्न पाउँदा खुसी व्यक्त समेत गरे ।

उनले भने, ‘धुलिखेल नगरपालिकाले शहरमा सुरक्षित र स्वच्छ खानेपानी, गरिबी निवारण सम्बन्धि कार्यक्रम, बालमैत्री तथा साक्षर सहर घोषणा, शिक्षा र स्वास्थ्य हबको लागि शहर, पर्यटन प्रवद्र्धधन गतिविधि, सूक्ष्म उद्यम र स्व–उद्यम विकास जस्ता दिगो विकास लक्ष्यलाई महत्वपूर्ण रुपमा समेटिएको छ ।’

मेयर व्याञ्जु जुलाई ६ तारिकका दिन विगत ५ वर्षको अवधिमा दिगो बिकासको लक्ष्यसहित गरेका कार्यको उच्च मुल्यांकनसहित नेपालको प्रतिनिधित्व गर्दै अमेरिका पुगेका थिए ।

दिगो विकासमा धुलिखेल पहिलो बन्ने छ
युसिएलजी एस्पेकका अध्यक्ष समेत रहेका धुलिखेलका मेयर ब्याञ्जुले नेपालमा दिगो विकास लक्ष्य हासिल गर्ने पहिलो नगरपालिका बन्न अधिकतम प्रयास गरिने बताए । उनले छिट्टै धुलिखेल दिगो विकासको लक्ष्य पुरा गर्ने देशकै पहिलो नगरपालिका बन्ने दावी गरे ।

उनका अनुसार धुलिखेलले आइसिएलआई– स्थायित्वका लागि स्थानीय सरकार दक्षिण एसियाको सीडीकेएन कार्यक्रम अन्तर्गत तथा एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (यूनेस्क्याप)बाट प्राविधिक सहयोग लिएर दिगो विकास लक्ष्यको आफ्नो स्वेच्छिक स्थानीय समीक्षा सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

धुलिखेलले २०२० को डिसेम्बरमा स्वेच्छिक स्थानीय समीक्षा प्रक्रिया सुरु गरेको थियो । एक–एक चरण पालना गर्दै नगरपालिका संयुक्त राष्ट्र संघले सन् २०३० सम्म तोकेको दिगो विकास लक्ष्यको पूरा उपलब्धि हासिल गर्न अगाडि बढेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय