काभ्रे । काभ्रेको रोशी गाउँपालिका-१० ठकुरी गाउँ माथ्लो पोखरीटोल ( साविक वाल्टिङ्ग गाविस- ३ ) की इमाडोलमा बस्दै आएकी ३३ वर्षीया सोमा थिङको शव जङ्गलमा फेला परेको छ ।
कोठाबाट हराएको १० दिन पछि मृत अवस्थामा धुलिखेलको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।


थिङ असार १६ गते कोठाबाट हराएको परिवारले बताएको छ । परिवारले खोजी गर्दा पनि नभेटिएपछि प्रहरी, मिडिया र सबै आफन्तहरुलाई खोजीका लागि आग्रह गरेको थियो । त्यसै सिलसिलामा आज थिङको शव फेला परेको हो ।
थिङको शव बाख्रा चराउन गएका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
थिङ उनको श्रीमानसंग झगडा भए पछि कोठबाट निस्केको थियो । शवको जिल्ला अस्पतालमा धुलिखेलमा परीक्षणको लागि लगिएको छ ।










