हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको बागमती प्रदेश कमिटि गठन भएको छ ।

कमिटिको अध्यक्षमा मकवानपुरका राजाराम स्याङतान चयन भएका छन् । स्याङतान नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्यसमेत हुन् । स्याङतानको नेतृत्वमा गठन भएको कमिटिको उपाध्यक्षमा चितवनका कुबेरसिहं लामा, काभ्रेका सञ्चित लामा र सिन्धुपाल्चोकका राम प्रसाद दनुवार रहेका छन ।

त्यस्तै सचिवमा दोलखाका बिक्कल श्रेष्ठ, सहसचिवमा धादिङका सुर्य घलान, रामेछापका राजकुमार रुम्बा र ललितपुरका अम्बिका श्रेष्ठ छन । कोषाध्यक्षमा भने काठमण्डौका देवराज डंगोल चयन भएको अध्यक्ष स्यांतानले जानकारी दिए ।

हामी जो जहाँबाट सम्भव छ, संगठित हुदैँ गइरहेका छौ, अध्यक्ष स्याङतानले भने मुल पार्टीलाई सहि दिशातर्फ मार्ग निर्देश गर्न र आदिवासी जनजातिको सवालमा गम्भीर बन्न यो संगठनले भुमिका खेल्छ । उनले जनजाति समुदायभित्र पनि पार्टी प्रतिको आकर्षण बढेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय