काभ्रे । काभ्रे जिल्ला अदालतले चालू आर्थिक वर्ष २०७८/७९ मा एक हजार ३७३ अर्थात् ४६.७६ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ ।

अदालतले चालू आवमा १ हजार ६ सय ५६ मुद्दा फर्छ्यौट गर्ने लय राखेकोमा २ सय ८३ थान मुद्दा कम फछ्र्योट गरेको हो ।  कोभिड–१९ महामारीका कारण वार्षिक लक्ष्यभन्दा कम मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ ।

अदालतले जिम्मेवारी सरी आएका ६ सय ६४ थान र नयाँ दर्तातर्फ ७ सय ९ गरी जम्मा एक हजार ३७३ थान मुद्दा फछ्र्योट गरेको हो । अदालतद्वारा आज आयोजित पत्रकार सम्मेलनमा श्रेस्तेदार गोविन्द घिमिरेले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य भन्दा ४ सय २ थान बढी मुद्दा दर्ता भएको बताए । उनका अनुसार १ हजार ५६३ मुद्दा फछ्र्योट बाँकी रहेको छ । त्यसमध्ये २ वर्ष नाघेका २ सय ६ थान मुद्दा र सबैभन्दा पुरानो २ सय ७ थान मुद्दा रहेका छन ।

अदालतले मुद्दालाई सरल, सामान्य र विशेष मार्गबाट फछ्र्योट गर्दै आएको श्रेस्तेदार गोविन्द घिमिरेले बताए ।  अदालतमा तीन जना न्यायाधीशको दरबन्दी भए पनि यस वर्ष दुई न्यायाधीशले मात्र मुद्दा हेरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । यसैगरी, न्यायाधीश मोहनराज भटट्राईले जुनसुकै बेलामा मुद्दाका विषयमा सुचनाअधिकारीसँग जानकारी लिन पत्रकारहरुलाई आग्रह गरेको थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय