महाभारत/काभ्रे । नेकपा माओबादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी महाभारत गाउँपालिकाको दोस्रो पालिका सम्मेलनले सुवास जिम्बाको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कार्य समिति चयन गरेको छ ।
२०७८ चैत २६ गते भएको सम्मेलन बमोजिम मंगलबार भएको छलफलले नयाँ नेतृत्व चयन गरेको हो । अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्षमा दोर्जे थिङ र बालकुमारी लुङ्गेलीलाई चयन गरिएको छ ।


त्यसैगरी, सचिबमा डम्बर बहादुर बल, सहसचिबमा भानुभक्त आले र बबिना वाइबा र कोषाध्यक्षमा लमिन लोलाई चयन गरिएको छ ।










