काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने विषयमा छानबिन गर्न गठित समितिले प्रतिवेदन लेखन थाल्दैछ। जसका लागि आज शुक्रबार बैठक बोलाइएको छ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले प्रतिवेलन लेखमा जुट्न लागेको हो।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।

पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। समितिको म्याद बिहीबार सात दिन थपिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय